होमपेज / अर्थ
काठमाडौं । बुधबार दोहोरो अंकले घटेको सेयर बजार साताको अन्तिम दिन बिहीबार पनि घटेको छ ।
साताको अन्तिम कारोबार दिन आज सेयर बजार परिसूचक नेप्सेमा २.१८ प्रतिशतको उच्च गिरावट भएको छ । बुधबार ३ अर्बको कारोबार भएकोमा बिहीबार कारोबार रकम ४ अर्ब नाघ्यो ।
समग्रमा ब्याजदर वृद्धि, वित्तीय प्रणालीमा तरलता दबाब अनि आम लगानीकर्ताको मनोबल कमजोर हुनुले बजार प्रभावित भएको हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १० दशमलव ३६ अंकले घटेको छ । नेप्से परिसूचक घटेपनि सेयर कारोबार रकममा भने बुधबारको भन्दा सुधार भएको छ ।