होमपेज / अर्थ
काठमाडौं । सोमबार शेयर बजार परिसूचक नेप्से २५.४१ अंकले बढेको छ । आज ०.९४ प्रतिशतले बजार बढेर २७१८.५१ विन्दुमा पुगेको हो ।
यअसघि एमसीसी परियोजना र केन्द्रीय बैंकले मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गरेपछि लगानीकर्तामा अन्योलता उत्पन्न भएको थियो । यसदिन कारोबार भएका सबै उपसमूहमा सुधार आयो । तर, अधिकांश उपसमूहमा दोहोरो अंकको मात्रै सुधार देखिएको छ । कुनै पनि उपसूचकले १०० अंक छुन सकेनन् । जलविद्युत् उपसमूहमा सबैभन्दा उच्च ७२ अंकको वृद्धि आयो ।
सोमबार १३ वटै उपसमूहको सूचक बढेको छ । हाइड्रोपावर समूहको सूचक सबैभन्दा बढी २.२४ प्रतिशतले बढेको छ ।