होमपेज / अर्थ
काठमाडौं । अन्ततः नेप्से सूचकमा आकर्षक सुधार देखिएको छ ।
साताको तेस्रो दिन सुरुवाती चरणमा स्थिरजस्तै रहेको सेयर बजार अन्तिम घन्टामा दुई प्रतिशत वृद्धि भए बजार बन्द भएको छ ।साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ५३.३० अंकले उकालो लागेको छ ।
अघिल्लो कारोबारको दिन २७०० बिन्दुमा रोकिएको बजार आज १.९७ प्रतिशतले बढेर २७५४.२८ बिन्दुमा पुगेको हो ।२ बजेपछि खरिद चाप बढ्दा नेप्से उकालो लाग्नुका साथै कारोबार पनि तीन अर्ब पुगेको छ । अब सूचक वृद्धि हुँदै जाँदा कारोबार रकममा पनि तेजी आउने लगानीकर्ताहरुले अपेक्षा लिएका छन् । नीतिगत परिवर्तनहरुले सेयर बजारलाई सबैभन्दा बढी पर्ने गरेको छ ।
आज कारोबारमा आएका २२४ वटा कम्पनीको ३ अर्ब २३ करोड ३३ लाख १८ हजार रुपैयाँबराबरको ६३ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।