ट्रेण्डिङ

होमपेज / अर्थ

छापावाल सुनको प्रतितोला रु ३०० ले उकालो लागेर रु ९३ हजार ४००

नेपालगाथा २०७८ माघ २६ गते बुधबार १२:१०:२६ मा प्रकाशित

काठमाडौं ।  सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला रु ३०० ले उकालो लागेर रु ९३ हजार ४०० पुगेको छ । पहेँलो धातु मङ्गलबार प्रतितोला रु ९३ हजार १००मा कारोबार भएको थियो । 
    
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ९०० छ, यसको मूल्य अधिल्लो दिन रु ९२ हजार ६०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अधिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार २८० कायम रहेको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२७ डलर आसपास कारोबार भइरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top