ट्रेण्डिङ

होमपेज / अर्थ

इमर्जिङ नेपाल लिमिटेडकाे आजबाट आईपीओ बिक्री खुला

नेपालगाथा २०७८ माघ २६ गते बुधबार १०:१२:५८ मा प्रकाशित

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले आजबाट आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । यो मध्ये २% अर्थात् ११ हजार ११२ कित्ता सेयर कर्मचारी र ५% अर्थात् २७ हजार ७८० कित्ता म्युचुअल फन्डका लागि छुट्याएको छ । बाँकी ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ता सम्मका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि एक हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।  आईपीओमा छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top