ट्रेण्डिङ

होमपेज / अर्थ

चौधरी फोर्ब्स अर्बपति सूचीमा चार स्थान माथि उक्लिए

नेपालगाथा २०७८ माघ २५ गते मंगलबार १६:३०:३३ मा प्रकाशित

काठमाडौँ । नेपाली धनाढ्य विनोद चौधरी फोर्ब्स अर्बपति सूचीमा चार स्थान माथि उक्लिएका छन् । फोर्ब्स रियल टाइम आँकडाअनुसार सन् २०२१ मा २१४१ स्थानमा रहेका चौधरी सन् २०२२ को फेब्रुअरी ८ मा २१३७ मा स्थानमा उक्लिएका हुन् । तर, उनको सम्पत्ति चाहिँ स्थिर देखिएको छ । रियल टाइम आँकडा चाहिँ थपघट भइरहन्छ । फोर्ब्सका अनुसार चौधरीको कूल सम्पत्ति १.४ बिलियन अमेरिकी डलर छ । फोर्ब्सले चौधरीको सम्पत्तिमा वृद्धि भएको संकेतस्वरुप ‘ग्रीन सिग्नल’ समेत देखाएको छ ।

६६ वर्षीय चौधरीको सम्पत्तिको स्रोतलाई फोर्ब्सले ‘विविधीकरण’ भने उल्लेख गरेको छ । चौधरी सीजी कर्प, नबिल बैङ्क, सीजी फुड र वाइ वाइ उत्पादन कम्पनीका मालिक हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top