ट्रेण्डिङ

होमपेज / अर्थ

सोमबार १५.६९ अंकले बढ्यो नेप्से, ५ अर्बको कारोबार

नेपालगाथा २०७८ माघ २४ गते सोमबार १६:५२:१६ मा प्रकाशित

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १५.६९ अंकले बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक २८५१ अंकमा कायम भएको छ । 

सुरुआती समयमा घटेको नेप्से केही उताचढाव देखिए पनि १५.६९ अंकले वृद्धि भएर २८५१.८६ अंकको बिन्दुमा बन्द भएको छ । आज नेप्सेमा वृद्धि भए पनि बैंकिङ, होटेल तथा पर्यटन र लघुवित्त उपसूचकमा भने सामान्य गिरावट भएको छ । अन्य सबै उपसूचक बढेका छन् ।

बैंकिङ ३, होटल तथा पर्यटन ४ र माइक्रोफाइनान्स उपसमूह ४ अंकले घटे । विकास बैंक २६, फाइनान्स ८, जलविद्युत् ६, लगानी २, जीवन बीमा १२४, उत्पादन ३४, निर्जीवन बीमा ७६, अन्य ५४ र व्यापार उपसमूह ७ अंकले बढे ।

यता, बैंकिङ समूहको सूचक सबैभन्दा धेरै ०.२१ प्रतिशतले घटेको छ । त्यस्तै होटल तथा पर्यटन ०.१४ र लघुवित्त समूहको सूचक ०.०८ प्रतिशतले घटेको छ ।

आज बजारमा १९० कम्पनीको सेयर किनबेचमा आउँदा १०५ कम्पनीको  सेयरमूल्यमा वृद्धि भएको छ भने ७० कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ५ कम्पनीको सेयरमूल्य भने स्थिर रह्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top