ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य बढ्यो, चाँदी स्थिर

नेपालगाथा २०७८ माघ २० गते बिहीबार १३:५०:०९ मा प्रकाशित

काठमाडौँ । साताको पाँचौँ दिन आज (बिहीबार) बजारमा सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो (बुधबार) प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५ सयले बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोलामा ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेर १ हजार २ सय ५५ रुपैयाँमै कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top