होमपेज / अर्थ
काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा उल्लास देखिएको छ ।
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा १०५.५५ अंकले वृद्धि भएर २८८५.५३ अंकमा बन्द भएको छ ।कारोबार रकममा पनि सुधार आएको छ । दिनभर ६ अर्ब ३२ करोड रुपैयाँको कारोबार भयो । यसअघि गत बिहीबार जम्मा ३ अर्ब ३४ करोडको मात्रै कारोबार भएको थियो ।
आगामी जेठमा स्थानीय तहको निवार्चन हुने करिब निश्चित हुँदा सेयर बजारमा पनि त्यसको सकारात्मक प्रभाव देखिएको हो ।बजार उच्च अंकले बढ्दा आधा दर्जन कम्पनीहरुको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । एकै कम्पनीहरुको शेयर मूल्य एकै दिन १० प्रतिशत भन्दा धेरैले घटबढ हुँदैन । बुधबार अधिकतम् सीमा (सर्किट लेभल) कारोबार हुनेमा विन नेपाल लघुवित्त, लिवर्टी इनर्जी, शिवश्री हाइड्रोपावर, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, बुद्धभूमि हाइड्रोपावर र अरुणभ्याली हाइड्रो पावर रहेका छन् ।
कुल १९० कम्पनीको मूल्य बढ्यो भने एक कम्पनीको मात्रै घट्यो ।