होमपेज / अर्थ
काठमाडौँ । साताको चौथो दिन आज (बुधबार) बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो (मंगलबार) प्रतितोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार १ सय रुपैयाँले बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोलामा ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । जसको मूल्य मंगलबार प्रतितोला ९२ हजार १ सय रुपैयाँ तोकिएको थियो । यस्तै, चाँदीको मूल्य पनि आज ३० रुपैयाँले बढेर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।