ट्रेण्डिङ

होमपेज / अर्थ

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाको आवेदन

नेपालगाथा २०७८ पौष २९ गते बिहीबार १९:२७:५८ मा प्रकाशित

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाको आवेदन परेको छ ।

आवेदन दिने अन्तिम दिन आजसम्म १५ जनाले आवेदन दिएको अर्थमन्त्रालयले जनाएको छ ।पहिलो पटक अध्यक्षका लागि निकालिएको सूचना विवादमा आएपछि दोस्रो पटक अध्यक्षको लागि आवेदन मागिएको थिए । 

अर्थमन्त्रीको प्रेस संंयोजक गोविन्द रोक्काकाअनुसार डा. गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी, चिरञ्जीवी चापागाईं, डा. नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने, कृष्णराज पोखरेल, डा. जीवन अंगाई, रमेश कुमार हमाल, सिताराम थपलिया, डा. केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल, निरज गिरि र हेमन्त बस्याललले आवेदन दिएका छन् ।

आवेदन दिएका मध्ये नेकपा माओवादी केन्द्रका चिरञ्जीवी चापागाईं हुन भने नेपाली कांग्रेसको तर्फबाट रमेश कुमार हमाल हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top