होमपेज / अर्थ
काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५४ अंकले बढेर बन्द भएको छ ।
नेप्से परिसूचक ५४ दशमलव १२ अंकले बढेर २ हजार ८ सय ५७ दशमलव ७५ अंकले बढेकाे छ ।साताको सुरुवातबाटै बढेको नेप्सेमा बुधबार भने केही 'करेक्सन' देखिएको थियो । पछिल्लो दुई सातामा अंग्रेजी नयाँ वर्ष २०२२ मा मात्रै नेप्सेमा ३३३.२५ अंकको वृद्धि भएको छ ।
यसक्रममा आज ६ अर्ब ६६ करोड ९७ लाख रुपैयाँ बराबरको एक करोड १८ लाख कित्ता सेयर किनबेच भएको छ । परिसूचक बढेपनि आज कारोबार रकममा भने गिरावट आएको छ । हाइड्रोपावर उपसूचक ४.९ प्रतिशत, वित्त कम्पनी उपसूचक ३.६७ प्रतिशत र लगानी उपसूचक ३.२ प्रतिशतले बढेको छ । यता अन्य उपसूचक भने ०.१६ प्रतिशतले घटेको छ ।