ट्रेण्डिङ

होमपेज / अर्थ

४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपालगाथा २०७८ पौष २८ गते बुधबार ११:५७:२२ मा प्रकाशित

काठमाडौँ । साताको चौथो दिन आज (बुधबार) बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो (मंगलबार) प्रतितोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ४ सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । जसको मूल्य मंगलबार प्रतितोला रु ९१ हजार १ सय तोकिएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि आज ५ रुपैयाँले बढेर १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top