होमपेज / अर्थ
काठमाडौं । आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लगातार दोस्रो दिन उच्च अंकको वृद्धि आएको छ ।
सोमबार नेप्से सूचकका साथमा खरिदबिक्री रकम पनि वृद्धि भएको छ । समग्रमा बजारको गति सकारात्मक देखिएको छ । यस दिन नेप्से सूचक १९.४३ अंकले बढेर २७८४.९५ विन्दुमा आएको छ । ७ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
आजको कारोबारमा विकास बैंक, जलविद्युत्, व्यापार, वित्त, निर्जिबन बीमा, लघुवित्त, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहका सूचक बढेका छन् । जसले गर्दा कारोबारमा आएकामध्ये १ सय ११ कम्पनीको शेयरमूल्य बढ्न पुगेको छ । तर, फेरी लकडाउनको सम्भावना बढेसँगै लगानीयका अन्य क्षेत्र बन्द हुँदा पुनः बैकमा रकम थुप्रिने र उक्त रकम सेयरमा लगानी हुने आँकलन लगानीकर्ताको छ ।