होमपेज / अर्थ
काठमाडौं । लगानीकर्ता आत्तिएसँगै आइबार सेयर बजारमा उच्च अङ्कको गिरावट आएको छ । आइतबार सेयर बजार परिसूचक नेप्से ७२.३० अङ्कले झरेर २५१३.८९ अङ्कमा आइपुग्यो । यो मौद्रिक नीति समीक्षापछि दोस्रो ठुलो गिरावट हो । मौद्रिक नीति समीक्षापछि मात्रै नेप्सेमा २१७ अङ्क बढीको गिरावट आइसकेको छ ।
आइतबार कुल २२६ कम्पनीको ६० हजार ८८ पटक कारोबार भयो । यस कारोबारबाट ८९ लाख २० हजार ८ सय ९४ कित्ता शेयर किनबेच भएको छ । आइतबार कारोबार रकम ४ अर्ब ९ करोड ७ लाख ६५ हजार ३ सय २५ मात्र रह्यो । आइतबार सबै समूहको परिसूचक ओरालो लाग्यो । यसमध्ये वित्त, व्यापार, लगानीसहितका क्षेत्रमा रहेका कम्पनीको मूल्यमा सबैभन्दा धेरै घटुवा भयो ।
ट्दो बजारमा लगानीकर्ताको मनोबल थप कमजोर भएको छ । लगानीकर्ताले घटेको बजार फेरि माथि जान्छ भनेर दह्रो मनोबल बनाउन नसक्दा थप समस्या आउने सम्भावना रहन्छ । यसर्थ, पेनिक सेल रोक्न सक्नुपर्ने विश्लेषकहरु बताउँछन् । सय अङ्क बढी गिरावट आउने समूहहरूमा लघुवित्त, उत्पादमुलक, व्यापार र वित्त समूहमा छन् ।