ट्रेण्डिङ

होमपेज / अर्थ

आज सुनको मूल्यमा सामान्य गिरावट

नेपालगाथा २०७८ मंसिर ९ गते बिहीबार ११:५७:४७ मा प्रकाशित

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १०० ले घटेर ९१ हजार ७०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९१ हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार २०० तोकिएको छ । जसको मूल्य बुधबार प्रतितोला ९१ हजार ३०० थियो ।त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार २३० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top