होमपेज / अर्थ
काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा करेक्सन देखिएको छ । यो साता शुरुआतबाटै बढेको बजार कारोबार हुने अन्तिम दिन बिहीबार भने ३२.३९ अंकले घटेको छ ।
२२४ कम्पनीको ९८ लाख ६२ हजार ९४० कित्ता सेयर खरिदविक्रीबाट ६ अर्ब ७१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसैगरी सेन्सेटिभ परिसुचक ३.४३ अंकले घटेर ५२२ अंकको विन्दुमा कारोबार बन्द भयो ।
आज नेप्सेसँगै सबै उपसूचकमा पनि गिरावट भएको छ । हाइड्रोपावर उपसूचकमा सर्वाधिक २.८४ प्रतिशतको गिरावट हुँदा विकास बैंक उपसूचक २.०२ प्रतिशत र बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि १.२ प्रतिशतले घटेको छ ।
आज एक कम्पनीको मात्र दस प्रतिशत मूल्य बढेको छ।
आज सबभन्दा धेरै कमाउने पाँच कम्पनीहरूः
मानुषी लघुवित्तः १०.०० प्रतिशत
तेह्रथुम पावर कम्पनीः ९.९९ प्रतिशत
नारायणी विकास बैंकः ६.५२ प्रतिशत
फर्स्ट माइक्रो फाइनान्स विकास बैंकः ६.४९ प्रतिशत
मन्जुश्री फाइनान्सः ३.५१ प्रतिशत
आज सबभन्दा धेरै गुमाउने पाँच कम्पनीहरूः
मैलुङ खोला जलविद्युतः -५.०३ प्रतिशत
शिवश्री हाइड्रोपावरः -४.५२ प्रतिशत
माउन्टेन इनर्जीः -४.४९ प्रतिशत
हिमालयन पावरः -४.४७ प्रतिशत
हिमालयन ऊर्जा विकासः -४.४५ प्रतिशत