होमपेज / अर्थ
काठमाडौं । मंसिर महिनाको पहिलो दिन शेयर बजार बढेर बन्द भएको छ । दिनभर देखिएको तीब्र उचार चढाव पछि नेप्से परिसूचक १६ दशमलव ९५ अंकले बढेर १ हजार ८ सय १ दशमलव ५२ अंकमा पुगेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि बढ्दै गएको छ । मंगलबार साढे पाँच अर्बको कारोबार भएको बजारमा आज करिब ६ अर्ब ७० करोडको कारोबार भएको छ ।तर नेप्से सूचक बढ्दै जाँदा कारोबार रकम पनि थप वृद्धि भएकाले लगानीकर्ताहरु थप आशावादी देखिएका छन् । सुरुवाती र कारोबारको मध्य समयमा समेत निकै तेजीले बढेको बजारमा अन्तिम प्रहरमा भने बिक्रेताहरु अलि बढी हावी भएका थिए । बीचबीचमा सानातिना करेक्सनहरु आउँदै गरे पनि बजारले अब औसतमा माथितिरै रेखाहरु कोर्ने विश्लेषणहरु भइरहेका छन् ।
नेप्सेमा वृद्धि भए पनि विकास बैंक, उत्पादनमूलक निर्जीवन र जीवन बिमा, लगानी र म्युचुअल फन्ड उपसूचकमा भने गिरावट भएको छ । आज उत्पादनमूलक उपसूचकमा सर्वाधिक १.५२ प्रतिशतले गिरावट हुँदा विकास बैंक उपसूचक १.३५ प्रतिशतले घटेको छ । अन्य उपसूचकमा भने सर्वाधिक ५.२९ प्रतिशतको वृद्धि हुँदा हाइड्रोपावर उपसूचक २.२४ प्रतिशत, होटेल तथा पर्यटन उपसूचक १.५३ प्रतिशत, वित्त कम्पनी उपसूचक १.२२ प्रतिशत तथा बैंकिङ उपसूचक ०.२६ प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी नेपाल बंगलादेश बैंक र मैलुङ खोलाको शेयर मूल्य पनि करिब १० प्रतिशतले बढेको छ ।