ट्रेण्डिङ

होमपेज / अर्थ

सर्वाधिक कर तिर्नेमा नेपाल टेलिकम, विशेष उद्योगतर्फ एसियन पेन्टस् सम्मानित

नेपालगाथा २०७८ मंसिर १ गते बुधबार १०:२३:०३ मा प्रकाशित

काठमाडौं । सूर्य नेपाल नेपालको सबैभन्दा बढी कर तिर्ने करदाता बनेको छ । व्यक्तिगत आयमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामा सिद्धार्थ शमशेर जबरा रहेको आन्तरिक राजस्व विभागले जनाएको छ ।

सरकारले राष्ट्रिय कर दिवस २०७८ को अवसर पारेर विभिन्न क्षेत्रका कर दाताहरुलाई सम्मान गरेको छ ।सर्वाधिक कर बुझाउनेमा नेपाल दूरसञ्चार कम्पनी परेको छ । निर्यात उद्योगतर्फ डाबर नेपालले सर्वाधिक कर बुझाएको हो । सहकारीतर्फ छिमेक लघुवित्त वित्तीय संस्था, बाणिज्य बैंकतर्फ नबिल बैंकले सबै भन्दा कर बुझाएएको छ ।

विशेष उद्योगतर्फ एसियन पेन्टस् सम्मानित भएको छ । कृषि उद्योगतर्फ पूर्वाञ्चल एग्रो टेकले बढी कर बुझाउँदै सम्मानित भएको हो ।त्यस्तै वस्तु व्यापारको कारोबारमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीमा भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर्स भएको छ ।

अर्थमन्त्री जनार्दन शर्मा र आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलले बुधबार बिहान एक कार्यक्रमका बीच बढी कर तिर्ने करदाता र कार्यालयका प्रतिनिधिलाई सम्मान गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top