ट्रेण्डिङ

होमपेज / अर्थ

सेयर बजारमा करेक्सन,८० अंकको उच्च गिरावट

नेपालगाथा २०७८ कार्तिक २३ गते मंगलबार १६:३०:४७ मा प्रकाशित

काठमाडौं । कारोबार सुरू भएको २ घण्टामै नेप्से परिसूचक ६१.७२ अंकले घटेको छ ।

नेप्से सूचकमा फराकिलो अंकको गिरावट आउँदा खरिदबिक्री रकम भने औसतमा रहेको छ । नेप्से सूचक ७९.७९ अंकले घटेर २७४९.८६ विन्दुमा अडिएको छ । ६ अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । अल्पकालीन कारोबारीले नाफा बुक गरेकाले बजार प्रभावित भएको हो । २५ सय विन्दु आसपासबाट लगातारजसो बढेको बजारमा खासै ठूलो करेक्सन आएको थिएन । 

आज नेप्सेसँगै सबै उपसूचकमा पनि गिरावट भएको छ । वित्त कम्पनी उपसूचकमा सर्वाधिक ५.२९ प्रतिशत र विकास बैंक उपसूचक ५.२५ प्रतिशतले घटेको छ । यस्तै, अन्य उपसूचक ४.१२ प्रतिशत, निर्जीवन बिमा उपसूचक ३.५८ प्रतिशत, होटेल तथा पर्यटन उपसूचक ३.४५ प्रतिशत र हाइड्रोपावर उपसूचक ३.२१ प्रतिशतले गिरावट हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक सबैभन्दा कम १.९१ प्रतिशतले घटेको छ ।

आज बजारमा नबिल बैंकले लिड गरेको छ । बैंकको २९ करोड ८२ लाखको कारोबार हुँदा सहास ऊर्जाको २५ करोड ७९ लाख र अपी पावरको २२ करोड ३६ लाखको कारोबार भएको छ । आज नेप्सेमा १८७ कम्पनीको सेयर कारोबारमा आएकोमा १७९ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै, सात कम्पनीको सेयर मूल्य वृद्धि हुँदा एक कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

आज कारोबार भएका मध्ये साहस ऊर्जा, मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको सेयर मूल्य बढेर सर्किटले लेभलमा बन्द भएको छ । यस्तै,  युनिलिभर नेपालको १.७३ प्रतिशत र प्राइम कमर्सियल बैंकको सेयर मूल्य १.५७ प्रतिशतलले वृद्धि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top