ट्रेण्डिङ

होमपेज / अर्थ

 सोमबार सेयर बजार परिसूचक नेप्से १९.२० अंकले घट्दै २८२९.६४ अंकको बिन्दुमा

नेपालगाथा २०७८ कार्तिक २२ गते सोमबार १६:०२:२५ मा प्रकाशित

 काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से १९.२० अंकले घट्दै २८२९.६४ अंकको बिन्दुमा रोकिएको छ । आज २३० कम्पनीको ७२ लाख ७ हजार ३९६ कित्ता सेयर किनबेच भएको नेप्सेमा ४ अर्ब ४२ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

तिहार लगत्तै छठ पर्व पनि आउँदैछ । तथापि, समग्रमा बजार माथितिरै जाने प्रयास गरिरहेको छ । तर अल्पकालीन कारोबारीहरुले बेच्नेक्रममा अलिबढी तीब्रता दिएपछि नेप्से केही प्रभावित भएको हो । तिहारअघि किनेको सेयरमा नाफा बुक गर्ने प्रवृत्ति देखिएकाले पनि बजार थोरै प्रभािवत भएको अनुमान गरिएको छ । 

कारोबार भएका कम्पनीहरूमध्ये सोमबार ४२ वटाको मात्र मूल्य बढेको छ। १४२ कम्पनीको मूल्य कम भएको छ भने तीन कम्पनीको मूल्य स्थिर छ।नेप्सेमा गिरावट हुँदा पनि आज वित्त कम्पनी, लगानी र म्युचुअल फन्ड उपसूचक भने बढेको छ । वित्त कम्पनी उपसूचक ०.७८ प्रतिशत, लगानी उपसूचक ०.६७ प्रतिशत र म्युचुअल फन्ड उपसूचक ०.५१ प्रतिशतले बढेको छ ।

यता, बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा १.०५ प्रतिशतको गिरावट हुँदा  विकास बैंक उपसूचक सवार्धिक १.२४ प्रतिशत र अन्य उपसूचक १.१६ प्रतिशतले घटेको छ । यस्तै निर्जीवन बिमा उपसूचक पनि १.०५ प्रतिशतले घटेको छ । 

आज सबभन्दा धेरै गुमाउने पाँच कम्पनीहरूः

सपोर्ट माइक्रोफाइनान्स -७.९६ प्रतिशत

पाँचथर पावरः -४.९५ प्रतिशत

कालिका पावरः -४.७० प्रतिशत

हिमालयन ऊर्जा विकासः -४.३० प्रतिशत

जोशी हाइड्रोपावरः -४.२८ प्रतिशत

प्रतिक्रिया

सम्बन्धित खवर

Top