ट्रेण्डिङ

होमपेज / अर्थ

झिनो अंकले बढ्यो नेप्से

नेपालगाथा २०७८ कार्तिक १७ गते बुधबार १६:३८:५० मा प्रकाशित

काठमाडौँ । तिहारको बिदा अघि शेयर कारोबार मापक नेप्से परिसूचक अंकले बढेर बन्द भएको छ । बुधबार नेप्से परिसूचक ५.२२ अंकले बढेर २ हजार ८ सय ४८.८४ अंकमा पुगेको हो । नेप्से परिसूचक बढ्दा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.५२ अंकले घटेको छ । कारोबार रकम पनि औसत नै देखिएको छ । दिनभर भएक ६१ हजार ७४५ कारोबारबाट बुधबार २२९ कम्पनीका ९९ लाख ९५ हजार ५ सय २२ कित्ता शेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ६ अर्ब ५५ करोड ३० लाख ५९ हजार १ सय ५२ रुपैयाँमा रोकिएको छ । बुधबार धेरै शेयर मूल्य बढ्ने पहिलो नम्बरमा महालक्ष्मी विकास बैंक देखिएको छ । महालक्ष्मी विकास बैंकको शेयर मूल्य १० प्रतिशतले बढेर ८०३ रुपैयाँ पुगेको छ । यसैगरी दोस्रोमा साहज उर्जा र तेस्रोमा आईसीएफसी फाइनान्स कम्पनी देखिएको छ । दुवै कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top