ट्रेण्डिङ

होमपेज / अर्थ

तिहार अघिको अन्तिम कारोबार दिन पनि नेप्से सूचक हरियो नै बनेर बन्द

नेपालगाथा २०७८ कार्तिक १७ गते बुधबार १६:०४:३१ मा प्रकाशित

काठमाडौं ।  तिहार अघिको अन्तिम कारोबार दिन पनि नेप्से सूचक हरियो नै बनेर बन्द भएको छ । 

तिहारअगाडिको अन्तिम कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से ५.२२ अंकले बढेर २८४८.८४ अंकमा बन्द भएको छ ।दिनभर उतार–चढाव देखिएको नेप्से अन्तिम समयमा आएर सामान्य सकारात्मक भएर बन्द भए पनि ‘क’ वर्गका कम्पनीहरूलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने घटेको छ । सेन्सिटिभ इन्डेक्स ०.५२ अंकले घटेर ५३०.८९ अंकमा बन्द भएको छ ।

 आज २२९ कम्पनीको ९९ लाख ९५ हजार ५५२ कित्ता सेयर किनबेचबाट ६ अर्ब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

समूहगत परिसुचक तर्फ बैंकिङ, विकास बैंक , जलविद्युत, वित्तीय, उत्पादन तथा प्रशोधन , अन्य , माइक्रोफाइनान्स र सामूहिक लगानीकोष समूहको सुचाङ्क बढेको छ भने व्यपार , होटल तथा पर्यटन, जीवन बीमा, नीर्जीवन बीमा र लगानी समूहको सुचाङ्क घटेको छ ।

उत्पादन तथा प्रशोधन समूहको सुचाङ्क सबैभन्दा धेरै २३.२ अंकले बढेको छ भने नीर्जीवन बीमा समुहको सबैभन्दा धेरै ११३.४४ अंकले घटेको छ । महालक्ष्मी विकास बैंक, साहास उर्जा र आईसीएफसी फाइनान्स कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किटब्रेक लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top