ट्रेण्डिङ

होमपेज / अर्थ

 नेप्से सूचक मंगलबार २३.७६ अंकले बढेर २८४३.६२ विन्दुमा

नेपालगाथा २०७८ कार्तिक १६ गते मंगलबार १६:२३:३४ मा प्रकाशित

काठमाडौं ।  नेप्से सूचक मंगलबार २३.७६ अंकले बढेर २८४३.६२ विन्दुमा आइपुगेको छ । ६ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सेयर बजारप्रति नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको सकारात्मक धारणा आएपछि लगानीकर्ताको आत्मबल वृद्धि हुँदै गएको अनुमान गरिएको छ ।

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको शेयर भएको छ । यस बैंकको ४६ करोड ९७ लाख २३ हजार चार सय १५ रुपैयाँको कारोबार भएको छ ।

आज कारोबार भएका तीन वटा समूहको सूचकबाहेक अन्य सबै समूहको सूचक बढेका छन् । विकास बैंक र अन्य समूहको सूचकमा तीन प्रतिशतभन्दा धेरैको सुधार आएको छ भने बाँकी सबै समूहको सूचकमा शून्य दशमलब एकदेखि एक प्रतिशतभन्दा धेरैको सुधार आएको छ ।

त्यस्तै ४५ कम्पनीको मूल्य कम भएको छ भने १२ कम्पनीको मूल्य स्थिर छ।

आज सबभन्दा धेरै गुमाउने पाँच कम्पनीहरूः

  • बिशाल बजार कम्पनीः -२.९५ प्रतिशत
  • नेपाल बंगलादेश बैंकः -२.७५ प्रतिशत
  • एएमडिसी लघुवित्तः -२.६६ प्रतिशत
  • सामुदायिक लघुवित्तः -२.४२ प्रतिशत
  • इन्फिनिटी लघुवित्तः -२.१३ प्रतिशत

प्रतिक्रिया

सम्बन्धित खवर

Top