होमपेज / अर्थ
काठमाडौं । सेयर बजार परिसूचक लगातार बढिरहेको छ। साताको पहिलो कारोबार दिन आइतबार उच्च अंकले बढेको सेयर परिसूचक २८३८ बिन्दु नजिक पुगेको छ।
बजारलाइर्ए लिड गर्ने बैंकिङ उपसूचमा गिरावटका बाबजुत पनि वास्तविक क्षेत्रका होटेल, उत्पादनमूलक र व्यापारका साथै हाइड्रोपावर, विकास बैंक र वित्त कम्पनी उपसूचकमा उच्च वृद्धि हुँदा नेप्सेमा ५५ अंकभन्दा माथिको वृद्धि भएको छ ।
गएको साता कारोबार भएको पाँच करोबार दिनमा नै वृद्धि हुँदा २२५ अंकले बढेको नेप्से आज पनि ५५ अंकले वृद्धि हुँदा २८०० अंक माथि पुगेको छ । आज नेप्सेमा सुरुवाती समयमा उतार–चढावका बाबजुत पनि ५५.५० अंकले वृद्धि हुँदा २८३७.६१ अंकमा बन्द भएको छ । नेप्से लगातार छैटौँ कारोबार दिन पनि बढेको हो । ६ दिनेमा नेप्सेमा २८० अंकभन्दा माथिले वृद्धि भएको छ ।
शेयर कारोबार रकम समेत ८ अर्ब नजिक पुगेको छ ।दिनभर भएका ८१ हजार ९ सय ३५ कारोबारबाट २ सय ३२ कम्पनीका १ करोड ३८ लाख ९९ हजार ३ सय २२ कित्ता शेयर किनबेच भएका छन् ।