होमपेज / अर्थ
काठमाडौं । लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंकका लागि आठ सयभन्दा बढी संख्यामा आवेदन खुलाएको छ।आयोगले वरिष्ठ प्रबन्धकसहित विभिन्न पदमा आठ सय ३५ जना माग गर्दै आज आवेदन खुला गरेको हो।
९ औं तहको वरिष्ठ प्रबन्धकदेखि तह ५ को वरिष्ठ सहायक (सूचना प्रविधिसम्म)का लागि आवेदन खुला गरिएको छ । २ जना वरिष्ठ प्रबन्धक, ६ जना प्रबन्धक र १८ जना उपप्रबन्धक (प्रशासन), एक जना उपप्रबन्धक (लेखा) पनि माग गरिएको छ ।
यस्तै सातवटै प्रदेश अन्तर्गतको कार्यलयहरुका लागि प्रशासन,कानुन,सूचना प्रविधि र नगदमा सहायक प्रबन्धक, बरिष्ठ सहायक र सहायक पदमा कर्मचारी मागेको हो ।बैंकले खुला गरेको रोजगारीमा आवेदन दिन चाहने इच्छुक र योग्य आवेदकले बैंकको वेवसाइटमा गएर अनलाइन मार्फत मंसिर ५ भित्र आवेदन दिन सकिने छन् ।
यस्तै दोब्बर दस्तुर तिरेर मंसिर १२ सम्म आवेदन दिन सकिने पनि बैंकले जनाएको छ ।