होमपेज / अर्थ
काठमाडौं । बिहीबार सेयर बजारमा १३.०४ अंक वृद्धिसँगै परिसूचक २७८२ अंक कायम भएको छ।नेप्सेको यो बृद्धि साताभर निरन्तरको पाँचौ दिन हो ।
५ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बारम्बार तलमाथि गर्दै घम्साघम्सीका बीचमा अन्ततः सूचक दोहोरो अंकका साथ बढ्न सफल भएको हो ।आज ११३ कम्पनीको सेयर मूल्य बढ्दा ७१ कम्पनीको शेयर मूल्य घट्न पुग्यो भने तन कम्पनीको शेयर मूल्य स्थिर रह्यो । आज रिडी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त र हिमालयन पावर पार्टनरका लगानीकर्ताले बजारबाट अधिक मात्रामा कमाए ।
आज सबभन्दा धेरै मूल्य बढ्ने कम्पनी रिडी हाइड्रोपावर हो। यसको मात्र आज मूल्य १० प्रतिशतले बढेको छ।यस्तै एनएमबि हाइब्रीड फण्ड एक र गुराँस लाईफ इनस्योरेन्स र सिटिजन्स म्युचुअल फण्ड दुईका लागानीकर्ताले दोस्रो बजारमा धेरै गमाए । आज कारोबारमा आएका १३ उपसमूहमध्ये ७ उपसमूहमा हरियाली छाएको थियो भने ६ उपसमूह ओरोलो लागेकोथियो । बिहीबार माइक्रोफाइनान्स र जलबिद्युत उपसमूहमा उच्च बृद्धि देखिएको थियो ।
लगानी गर्दा कम्पनी छनोटमा भने विशेष ध्यान दिन आवश्यक हुन्छ । कम्पनीको नाफा, रिजर्भ, लाभांश क्षमता, इपीएस, पीइ रेसियोका साथमा व्यवसाय विस्तारको सम्भावनातर्फ पनि विशेष ख्याल गर्नुपर्ने हुन्छ ।