होमपेज / अर्थ
काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से १८.०६ अंकले बढ्दै २७६९.१३ अंकको बिन्दुमा पुगेको छ । २२८ कम्पनीको १ करोड १५ लाख ९२ हजार २३५ कित्ता सेयर खरिदबिक्रीबाट ६ अर्ब ६१ करोडको कारोबार भएको छ । यस्तै ,सेन्सेटिभ परिसूचक ०.४९ अंकले बढेर ५१६.५६ अंकको बिन्दुमा पुगेको छ ।
बैंकिङ, ट्रेडिङ, फाइनान्स, ननलाइफ, अन्य, माइक्रोफाइनान्स, म्यूचअल फण्ड र इन्भेष्टमेन्ट उपसमूहको परिसूचक समेत हरियो रह्यो । तर, होटेल र पर्यटन, विकास बैंक, जलविद्युत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने राताम्मे रह्यो ।
बुधबार बेस्ट फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी कमाए ।