होमपेज / अर्थ
काठमाडौं । लगातार घटेर निराशाको अवस्थामा पुगेका लगानीकर्तालाई सेयर बजारले फेरि उत्साह फर्काइदिएको छ ।लगातार तेस्रो कारोबार दिन पनि सेयर बजारमा हरियाली छाएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७८ दशमलव ८२ अंकले बढेर दुई हजार ७ सय ५१ दशमलब ७ विन्दुमा पुगेको छ ।सोमबार नेप्से ८७ दशमलव ६३ अंकले बढेर दुई हजार ६ सय ७२ दशमलब २५ विन्दुमा पुगेको थियो ।मंगलबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्सेमा २२७ कम्पनीको ११ करोड चार लाख ८६ हजार १२३ कित्ता सेयर किनबेच हुँदा कुल ६ अर्ब ३१ करोड ८३ लाख बराबरको कारोबार भएको छ । सोमबार चार अर्ब ३० करोड ८८ लाख बराबरको कारोबार भएको थियो ।
नेप्सेसँगै बजारमा सबै उपसूचमा हरियाली छाएको छ । बजार परिसूचक नेप्सेमा २.९५ प्रतिशतले बढोत्तरी हुँदा होटेल तथा पर्यटन उपसूचक सर्वाधिक ७.५१ प्रतिशत, वित्त कम्पनी उपसूचक ५.६१ प्रतिशत, हाइड्रोपावर उपसूचक ४.३३ प्रतिशत, लगानी उपसूचक ४.५ प्रतिशत र विकास बैंक उपसूचक ३.७७ प्रतिशतले बढेको छ । त्यस्तै, बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि २.४४ प्रतिशतले बढेको छ ।
नेप्सेका अनुसार आज माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।