ट्रेण्डिङ

होमपेज / अर्थ

कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक ८७.६३ अंकले बढेर २६७२.२५ बिन्दुमा

नेपालगाथा २०७८ कार्तिक ८ गते सोमबार १६:२९:०० मा प्रकाशित

काठमाडौं ।  कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक ८७.६३ अंकले बढेर २६७२.२५ बिन्दुमा पुगेको छ ।

‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ६१ अंकले बढेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत सुधार भएको छ ।आज कारोबार रकममा पनि सुधार भएको छ। आज सोमबार भने कारोबार बढेर चार अर्ब तीस करोड पुगेको छ।

कारोबार भएका कुल कम्पनीमध्ये १८३ वटाको मूल्य बढेको छ भने ३ वटाको घटेको छ। एउटा कम्पनीको मूल्य भने स्थिर छ।यस समयावधिमा गोर्खाज फाइनान्ससहित १८ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १५ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढिले वृद्धि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top