होमपेज / अर्थ
काठमाडौं । आज साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से परिसूचक १४ दशमलव ७० अंकले घटेर दुई हजार ५५६ दशमलव ९५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।
६१ लाख ६ हजार ४५२ कित्ताको किनबेचमा २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४६० रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो पनि कारोबार रकम २ अर्ब ६८ करोडमा नै सीमित थियो ।
अरू कारोबार भएका सबै समूहमा भने गिरावट आयो । जीवन बिमा र उत्पादनमूलक समूह समान १०५/१०५ अंकले घट्यो भने विकास बैंक समूहमा पनि ९४ अंकको गिरावट आयो ।