होमपेज / अर्थ
ललितपुर । ललितपुर महानगरपालिका-९ बालकुमारीस्थित नुवाकोट दुप्चेश्वर घर भएका सुशिल बिकको हेण्डिक्राफ्ट हस्तकला कारखानाबाट नगद १ लाख ५० हजार रूपैयाँ र चाँदीका विभिन्न गरगहना समेत गरी करिब १७ लाख ८४ हजार ४ सय रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।