ट्रेण्डिङ

होमपेज / अर्थ

सेयर बजारमा उत्साह,नेप्से ६० अंकले सुधारियो

नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने सुधार हुन सकेन

नेपालगाथा २०७८ कार्तिक ३ गते बुधबार १६:०३:१२ मा प्रकाशित

काठमाडौं।  राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जथाभावी ब्याजदर तोक्न लगाम लगाएपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ । यस दिन नेप्से सूचक ६०.५६ अंकले बढेर २५७१.६६ विन्दुमा आइपुगेको छ । २ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने सुधार हुन सकेन । २० अर्बसम्म कारोबार हुने गरेको सेयर बजार पछिल्लो समय २ देखि ३ अर्बको बीचमा खुम्चिएको छ ।बजार निरन्तर ओरालो लाग्ने क्रममा रहेका कारण लगानीकर्ता अहिले पनि पर्ख र हेरकै अवस्थामा रहेको देखिन्छ । बुधबार सबै परिसूचक हरियो रहे । बुधबार वित्त, जलविद्युत, विकास बैंक, अन्य, व्यापारसहितका उपसमूहको लगानीकर्ताले बढी कमाए । आँखुखोला जलविद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी र मैलुङखेला जल विद्युत कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले वृद्धि भयो । एनआईबीएल प्रगति फण्ड, मिथिला लघुवित्त वित्तीय संस्था, एनआईसी एसिया लघुवित्त, साधना लघुवित्तको शेयर मूल्य भने सबैभन्दा धेरैले घट्यो ।

आम लगानीकर्ताले लगानी सम्बन्धि निर्णय आफैं लिन सक्नुपर्छ । जोखिम बहन क्षमता, होल्ड गर्न सक्ने अवस्था सबैको पहिचान गर्न आवश्यक हुन्छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top