होमपेज / अर्थ
काठमाडौं । शेयर बजारको पहिरो थामिएको छैन ।
आज कारोबार भइरहँदा सेयर बजार परिसूचक नेप्से सय अंकले झरेको छ । मंगलबार दिउँसो १ बजेर ३५ मिनेटसम्म नेप्से १०५ विन्दुले ओर्लिएर २,४८३ अंकमा आइपुगेको छ । बैंकहरूले ब्याजदर बढाएसँगै प्यानिक सेलमा लगानीकर्ता उत्रिँदा कारोबार खुलेको डेढ घण्टामा नै नेप्से सूचक ८० अंकले घटेको हो ।
कारोबार सुरुवातदेखि नै सेयर बजारमा निरन्तर गिरावट आइरहेको छ ।