ट्रेण्डिङ

होमपेज / अर्थ

ब्याज वृद्धिको असर सेयर बजारमा,६९ अंकले ओरालो लाग्यो नेप्से

नेपालगाथा २०७८ कार्तिक १ गते सोमबार १६:५६:०८ मा प्रकाशित

काठमाडौं । बैंक वित्तीय संस्थाले निक्षेपमा बढाएको ब्याजदरको असर सेयर बजार परिसुचक नेप्सेमा परेको छ । निक्षेपको ब्याजदर बढ्दैमा कर्जाको ब्याजदरमा कुनै असर नपर्ने भएपनि लगानीकर्तामा निरासा देखिएको छ ।

दसैं पछि कारोबारमा आएको दोस्रो दिन सोमबार शेयरबजार ६९.५ अंकले घटेको छ ।सोमबार दोहोरो अंकले घटेर नेप्से २५८७.४५ अंकमा आइपुगेको छ भने सेन्सेटिभ परिसूचक पनि १२.४३ अंकले घटेर ४८४.९३ अंकमा आइपुगेको छ । 

 उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ४३ अंकले घटेको छ ।त्यस्तै आज कारोबारमा आएका २ सय १८ कम्पनीको ८७ लाख ७६ हजार ३ सय ३७ कित्ता शेयर २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार ७ सय ९१ रुपैयाँमा कारोबार भएको छ । आज कारोबारमा आएको व्यापार समूह बाहेक सबै समूहको सूचक घटेर राताम्मे बनेको छ ।

सम्पुर्ण बैंक वित्तीय संस्था , जलविद्युत कम्पनी, माइक्रोफाइनान्स, उत्पादनमुलुक कम्पनीहरुले गत वर्षको नाफाबाट लाभांश वितरण गरेपनि लगानीकर्ताहरु अझैपनि बजारप्रति सकारात्मक बन्न सकेको देखिदैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top