होमपेज / अर्थ
काठमाडौं । सेयर बजार मापन गर्ने नेप्से परिसूचक १८.५३ अंकले खस्किएको छ ।
गत मंगलबारबाट सुधार आएको सेयरबजार पुन: साताको सुरूमै ओरालो लागेको हो। सूचक सुस्त रहँदा खरिदबिक्री रकम पछिल्ला दिनहरुको औसत अवस्थामा रहेको हो । नेप्सेमा गिरावट हुँदा बजारमा करिब साढे ४ अर्बको सेयर किनबेच भएको छ । आज नेप्सेमा ७२ लाख ५१ हजार ७४४ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ४९ करोड ८० लाख ४४ हजारको कारोबार भएको छ ।
कारोबार भएकामध्ये ४८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३८ वटाको नकारात्मक बनेको थियो भने एउटा कम्पनीको मूल्य यथावत् रहेको थियो।
फाइनान्स, जीवन बीमा र म्युचुअल फन्ड समूहका परिसूचकमा वृद्धि भएको हो । सपार्ट माइक्रोफाइनान्स, मैलुङ खोला जलविद्युत्, जीवन विकास लघुवित्त र महिला लघुवित्तको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । सबैभन्दा ठूलो गिरावट शिवम सिमेन्टमा आएको छ । ५४ हजार एक सय २३ पटकको किनबेचमा चार अर्ब ४९ करोड रुपैयाँ बराबर सेयकर कारोबार भएको छ ।