होमपेज / अर्थ
काठमाडौं । भुक्तानी सेवा प्रदायक ईसेवा र सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एम बैंकबीच डिजिटल भुक्तानीका लागि सम्झौता भएको छ ।
सहकारी संस्थाहरूलाई पनि डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले दुई कम्पनीबीच सहकार्य भएको बताइएको छ। सम्झौतासँगै एम बैंकले सेवा दिइरहेका ४ सय ५० बढी सहकारीमा अबदेखि थप डिजिटल रूपमा भुक्तानी गर्न सकिने ईसेवाले जनाएको छ ।
इसेवासँगको सहकार्यसँगै अबदेखि एम बैंकमार्फत सहकारीबाट बैंकमा रकम ट्रान्सफर, इसेवा वालेटमा रकम लोड, क्यूआर भुक्तानी, सबै किसिमको युटिलिटी पेमेन्ट, सेयर खरिदको भुक्तानी, मेरो सेयर, डिम्याट नविकरण, राजस्व, ट्राफिक जरिवाना भुक्तानी लगायतका सेवा लिन सकिने छ।
हाल स्क्यान एन्ड पे सेवाको सुरुवात भइसकेको छ भने अन्य सेवा निकट भविष्यमै उपलब्ध हुने जनाइएको छ ।