होमपेज / अर्थ
काठमाडौँ । विश्व बैंकले आर्थिक वर्ष २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ ।
सरकारले चालु वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको थियो । तर, विश्व बैंकले सार्वजनिक गरेको साउथ एसिया इकोनोमिक फोकस प्रतिवेदन अनुसार चालु वर्षमा ३.९ प्रतिशतको मात्रै प्रक्षेपण गरिएको छ ।
तर, विश्व बैंकले कोभिड-१९ विरुद्ध खोप लगाउन ढिलाइ, कोभिडको नयाँ भेरियन्ट र सार्वजनिक ऋणको बढ्दो भारका कारण अर्थतन्त्र प्रभावित हुने बताएको हाे।यसअघि विश्व बैंकले शून्य प्रतिशत वृद्धिदर रहने अनुमान गरेको थियो ।