ट्रेण्डिङ

होमपेज / अर्थ

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको साधारण शेयर (आईपीओ) शुक्रबार बाँडफाँट हुने

नेपालगाथा २०७८ आश्विन २१ गते बिहीबार १४:१७:४६ मा प्रकाशित

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको साधारण शेयर (आईपीओ) आगामी शुक्रबार बाँडफाँट हुने भएको छ ।

कम्पनीले असोज ११ देखि १४ गतेसम्म सर्वसाधारणका लागि ८ लाख कित्ता सेयर निष्कासन गरेको थियो ।उक्त आईपीओ शुक्रबार विहान १० बजे बाँडफाँट गर्ने कम्पनीको बिक्री प्रबन्धक सिभिल क्यापिटलले जानकारी दिएको छ ।

कम्पनीको आईपीओमा ३५.५५ गुणा बढी २ करोड ६५ खाल ३१ हजार ४० कित्ता सेयर खरिदका लागि २१ लाख ११ हजार ८१९ जनाले आवेदन दिएका छन् । मागभन्दा अत्यधिक बढी आवेदन परेकाले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकाअनुसार न्यूनतम १० कित्ताका दरले सेयर वितरण गरिने बताइएको छ ।

यो आईपीओ योग्य आवेदक मध्येबाट ७४ हजार ४०० जनाले मात्रै १० कित्ता शेयर हात पार्नेछन् भने २० लाख भन्दा धेरैले शेयर नपाउने पक्का छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top