होमपेज / अर्थ
काठमाडौं । सेयर बजारको परिसूचक नेप्से बुधबार ६८.४७ अंकले बढेको छ।
करिब निराशाको अवस्थामा पुर्याएको सेयर बजारले बुधबार भने लगानीकर्तालाई उत्साहित बनाएको छ । नेप्से सूचक आकर्षक हिसाबले वृद्धि हुँदा कारोबार रकममा पनि क्रमशः सुधार देखिएको छ । सो अंकको वृद्धिपछि परिसूचक २६८१.१० अंकमा कायम भएको छ। आज नेप्सेमा हरियाली छाएको छ।
साताका शुरुवाती दुई दिन लगातार घटेको बजार साताका अन्तिम दुई दिन लगातार बढ्दा लगानीकर्ताहरुमा हौसला बढेको छ । मंगलबारको तुलनामा शेयर कारोबार रकम समेत बुधबार सुधार भएको छ ।नेप्से परिसूचक बढ्दा एक दर्जन हाराहारी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल स्टक एक्सचेञ्जले एकैदिन ठूलो घटबढ नहोस् भनेर कुनै पनि कम्पनीको शेयर मूल्य एक दिनमा १० प्रतिशत भन्दा धेरै घट्ने वा बढ्ने हुन नदिने नियम बनाएको छ ।
यस दिन ४ अर्ब ५० करोड रुपैयाँको सेयर किनबेच भयो। नेप्सेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२.७२ अंकले बढेर ५०४.७३ अंकमा पुगेको छ।कारोबार भएका सबै परिसूचक बढेका छन्। सबभन्दा बढी नन लाइभ इन्स्योरेन्स ४०६ अंक, विकास बैंक २२४ अंक, माइक्रो फाइनान्स २९६ अंक, लाइभ इन्स्योरेन्स २५७ अंकले बढेका छन्।