होमपेज / अर्थ
काठमाडौं । नेप्से परिसूचक आज ६.६८ अंकले घट्दै २५७०.८१ विन्दुमा पुगेको छ । आज नेप्से दिनभर कहिले घट्ने र कहिले बढ्ने गरिरह्यो ।
नेप्सेसँगै कारोबार रकममा पनि सुस्तता आएको छ । आज नेप्सेमा ७६ लाख ५३ हजार २२० कित्ता सेयर खरद बिक्री हुँदा ३ अर्ब ६२ करोड ७८ लाखको कारोबार भएको छ । आज नेप्सेमा बजारलाई लिड गर्ने बैंकिङसहितका अधिकांस उपसूचक गिरावट हुँदा होटेल तथा पर्यटन, अन्य लघुवित्त र जीवन बिमा उपसूचक भने बढेको छ ।
लघुवित्त उपसूचकमा सर्वाधिक १.४७ प्रतिशले वृद्धि हुँदा अन्य उपसूचक १.२९ प्रतिशतले, होटल तथा पर्यटन उपसूचक ०.४३ प्रतिशत र जीवन बिमा उपसूचक ०.०४ प्रतिशतले बढेको छ ।यता, वित्त कम्पनी उपसूचकमा सर्वाधिक २.४७ प्रतिशतका गिरावट हुँदा हाइड्रोपावर उपसूचक २.४ प्रतिशत, विकास बैंक उपसूचक १.८७ प्रतिशत र बैंकिङ उपसूचक ०.२१ प्रतिशतले गिरावट भएको छ ।
कारोबारका आधारमा यस दिन युनाइटेड मोदी हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीको १२ करोड रुपैयाँको सेयर किनबेच भयो। त्यस्तै नेपाल बैंक, हिमालयन डिस्टिलरी, नेसनल हाइड्रोपावर र रैराङ हाइड्रोपावर पनि कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।