ट्रेण्डिङ

होमपेज / अर्थ

साहस ऊर्जाको आईपीओ आज बाँडफाँट हुँदै

नेपालगाथा २०७८ आश्विन १७ गते आइतबार १२:२७:२६ मा प्रकाशित

काठमाडौँ । साहस ऊर्जा लिमिटेडको आइपीओमा आज (आइतबार) बाँडफाँट हुँदै छ। बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आज (आइतबार) बिहान ९ बजे क्यापिटलको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट गरिनेछ। यस आइपीओमा ३ करोड ४३ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको थियो। २४ लाख ६२ हजार भन्दा बढी आवेदकबाट उक्त आवेदन परेको हो।

यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ५ दशमलव ६२ गुणा धेरै हो। साहस ऊर्जाले असोज ६ गतेदेखि सर्वसाधारणका लागि ६४ लाख ४० हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो। यसमा गोला प्रथामार्फत ६ लाख ४४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top