ट्रेण्डिङ

होमपेज / अर्थ

साहस उर्जा लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको सेयर भोलि (आइतबार) बाँडफाँट गर्ने

नेपालगाथा २०७८ आश्विन १६ गते शनिबार १४:२६:५० मा प्रकाशित

काठमाडौं । साहस उर्जा लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको सेयर भोलि (आइतबार) बाँडफाँट गर्ने भएको छ ।

 प्रवर्द्धक कम्पनीले आइतबार बिहान ९ बजे नै बाँडफाँट गर्न थालिएको जानकारी गराएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ७० करोड बराबरको ७० लाख कित्ता प्राथमिक शेयर निष्काशन गरेकाे थियाे।

निष्काशन गरिएकाे प्रारम्भिक शेयरमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र तीन प्रतिशत अर्थात् दुई लाख १० हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top