ट्रेण्डिङ

होमपेज / अर्थ

लगातार घटिरहेको सेयर बजारमा बुधबार लागेको ‘ब्रेक’ एक दिन पनि टिक्न सकेन

नेप्से ३२.५१ अंकले घट्दा कारोबार रकमले पनि साथ छोड्दै

नेपालगाथा २०७८ आश्विन १४ गते बिहीबार १८:०५:१४ मा प्रकाशित

काठमाडौं । लगातार घटिरहेको सेयर बजारमा बुधबार लागेको ‘ब्रेक’ एक दिन पनि टिक्न सकेन ।यो साताको सुरुवाती तीन कारोबार दिनमा नै २०४ अंकको गिरावटपछि बुधबार नेप्सेमा ५० अंकको सुधार भएको थियो । तर, बिहीबार नै नेप्सेमा पुनः गिरावट सुरु भएको छ ।

बिहीबार सेयर बजारको परिसूचक नेप्से ३२.५१ अंकले घटेको छ। यसअघि बुधबार ५० अंकले बढेको थियो।प्रिओपन सेसनमा ४ दशमलव ४२ अंकले बढेर २६७० दशमलव ६२ बिन्दुमा पुगेको नेप्से पछि घट्न पुगेको हो । नेप्से परिसूचकमा आएको उतारचढावका कारण कारोबारको पहिलो घण्टामा भने नेप्से ६ दशमलव ७६ अंकले घटेर २६५९ दशमलव १८ बिन्दु कायम भएको थियो । 

समूहगत रुपमा हेर्दा यस दिन म्युचुअल फण्ड, अन्य र ब्यापार बाहेकका सबै समूह घटेका छन्। म्युचुअल फण्ड ०.०३, अन्य ४.५ र ब्यापार समूह ११८ अंकले बढे।बैंकिङ २०, विकास बैंक १५५, फाइनान्स ६८, होटल तथा पर्यटन ४४, जलविद्युत ८२, लगानी १, जीवन बीमा १०१, उत्पादन १०२ र निर्जीवन बीमा १०४ अंकले घटे। 

सर्वाधिक शेयर खरिदबिक्री भने नेपाल बैंक लिमिटेडको भएको छ भने सर्वाधिक माग भने कुमारी इक्विटी फण्डको भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top