होमपेज / अर्थ
काठमाडौं । लगातार तीन दिनदेखि तीव्र गतिमा ओरालो लागेको सेयर बजारमा आज एकाएक हरियाली छाएको छ । नेप्से परिसूचक ५०.५८ अंकले बढ्दै आज २६६५.९४ विन्दुमा पुग्यो ।
यी परिदृश्यहरुमा फेरि अर्को महिनादेखि ब्याजदर पनि सहज हुँदै जाने विश्लेषणहरु भइरहेका छन् । अहिलेको ब्यादजर वृद्धि अल्पकालीन हुने विश्लेषकहरु बताउँछन् । लाभांशको समय चलिरहेको छ । अब सूचीकृत कम्पनीहरुले धमाधम साधारण सभा बोलाउन थाल्नेछन् ।
‘क’ वर्गमा रहेका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ५८ दशमलवले बढेको छ । कारोबार रकममा भने खास उल्लास देखिएन ।दिनभर भएका ६३ हजार ९ सय १६ कारोबारबाट २२९ कम्पनीका ९८ लाख ९४ हजार ४ सय ७८ कित्ता शेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँ पुगेको छ ।
सबै समूह हरियो बनेका छन्। बैंकिङ २०, विकास बैंक १५०, फाइनान्स १०७, होटल तथा पर्यटन ३२, जलविद्युत ११७, लगानी २, जीवन बीमा २१५ र उत्पादन समूह १०३ अंकले बढे। त्यस्तै माइक्रोफाइनान्स समूह ८८, निर्जीवन बीमा २५५, अन्य ४१ र ब्यापार समूह ७५ अंकले बढेका छन्। यस दिन कुल १७३ कम्पनीको मूल्य बढ्यो भने ११ कम्पनीको मूल्य घटेको छ। त्यस्तै २ कम्पनीको मूल्य स्थिर रह्यो।