होमपेज / अर्थ
सेयर बजार घट्नेक्रमले सोमबार पनि निरन्तरता पाएको छ । नेप्से सूचकका साथमा खरिदबिक्री रकम पनि न्यून भएको छ । सूचक ७३.०५ अंकले घटेर २६८५.४२ अंकमा अडिएको छ । ५ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
नेप्से परिसूचक २ प्रतिशत भन्दा बढीले घटेको हो ।‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ९४ अंकले घटेको छ । कारोबार रकम पनि आइतबारको तुलनामामा सुस्ताएको छ । बजार ठूलो अंकले घटे पछि बिक्री चाप पनि कम देखियो । जसको असर कारोबार रकममा परेको हो ।
यस दिन सबै समूहहरु राताम्मे भएका छन्। बैंकिङ ४४, ब्यापार ४१, होटल तथा पर्यटन ९०, विकास बैंक १९४, जलविद्युत ८०, फाइनान्स ११२, निर्जीवन बीमा ४३९, उत्पादन १०४, अन्य ४६, माइक्रोफाइनान्स १३२, जीवन बीमा ४३७ र लगानी समूह २ अंकले घटे। यस दिन ३ कम्पनीको सेयर मूल्य मात्रै बढ्यो। मनकामना स्मार्ट लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो।
बजार घटेपनि मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोला हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स कम्पनीको पनि शेयर मूल्य बढेको छ ।