ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य ६ सयले घट्यो

नेपालगाथा २०७८ आश्विन ८ गते शुक्रबार १४:५५:०७ मा प्रकाशित

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ६०० ले घटेको छ । छापावाल सुन बिहीबार ८९ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० कायम गरिएको छ । तेजाबी सुन बिहीबार प्रतितोला ८९ हजार १५० मा कारोबार भएको थियो । महासङ्घका अनुसार चाँदीको मूल्य बिहीबारका तुलनामा आज प्रतितोला पाँचले बढेको छ ।

चाँदी बिहीबार प्रतितोला एक हजार १५५ मा कारोबार भएकामा आज एक हजार १६० तोकिएको हो । अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५१.५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ, जुन समय समयमा परिवर्तन भइरहन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top