होमपेज / अर्थ
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उतार–चढावका बीच नेप्से परिसूचक सामान्य वृद्धि भएर बन्द भएको छ । बिहीबार बजारलाई बैंकिङ क्षेत्रले लिड गर्दा बैंकिङ र वित्त कम्पनीबाहेकका सबै उपसूचकमा गिरावट हुँदा पनि नेप्से भने सामान्य बढेको हो ।
दिनभरको तीव्र उतारचढावपछि कारोबार बन्द हुँदा बजार सकारात्मक देखिएको हो । शेयर कारोबार मापक नेप्से परिसूचक २ दशमलव ७० अंकले बढेर २ हजार ८ सय १९ दशमलव ६५ अंकमा पुगेको छ ।‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटि इन्डेक्स पनि १.९३ अंकले बढेको छ । यस अघि बुधबार नेप्से परिसूचक सय अंक भन्दा बढीले सुधारिएको थियो । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत सुधारिएको छ ।
परिसूचकमा सामान्य अंक बढे पनि बैंकिङ समूहले भने दोहोरो अंकको छलाङ मारेको छ। सो समूह ४७ अंक बढेको छ। सोबाहेक फाइनान्स समूह ८ अंकले बढ्यो। ब्यापार ४५, होटल तथा पर्यटन ९७, विकास बैंक ८०, जलविद्युत ७१, निर्जीवन बीमा ९२, उत्पादन ८०, अन्य २१, माइक्रोफाइनान्स ४६, जीवन बीमा ५१ र लगानी समूह २ अंकले घटे।