ट्रेण्डिङ

होमपेज / अर्थ

नेप्सेले हान्यो सेन्चुरी,१०४ अंकले बढ्यो नेप्से, कारोबार रकम भने ६ अर्ब

नेपालगाथा २०७८ आश्विन ६ गते बुधबार १६:०४:१५ मा प्रकाशित

काठमाडौं । बुधबार नेप्से १०४.८८ अंकले बढ्दै २८१६.९५ अंकको विन्दुमा रोकिएको छ ।सेन्सेटिभ इन्डेक्स पनि १९.४७ अंकले बढेर ५२८.१० अंकमा पुगेको हो ।

नेप्से सूचक ३.८७ प्रतिशतले बढिरहँदा कारोबार रकम भने ६ अर्बमा सीमित भएको छ । आज कारोबारमा आएका २ सय १७ कम्पनीको १ करोड २१ लाख २२ हजार २ सय ९८ कित्ता शेयर ६ अर्ब १७ करोड ९३ हजार १ सय ५८ रुपैयाँको कारोबार भएको हो ।

सबै समूहमा हरियाली छाएको छ। बैंकिङ ६०, ब्यापार १३२, होटल तथा पर्यटन १३६, विकास बैंक ३८१, जलविद्युत १६९, फाइनान्स २०७, निर्जीवन बीमा ४४१, उत्पादन १८२, अन्य ४१, माइक्रोफाइनान्स १७०, जीवन बीमा ५५१ र लगानी समूह ३ अंकले बढे। यस दिन १३ कम्पनीको मूल्य १० प्रतिशत र ५ कम्पनीको मूल्य ९.९ प्रतिशतले बढेको छ। 

प्रिमियर इन्स्योरेन्स, बेस्ट फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैक एण्ड फाइनान्स, आईसीएफसी फाइनान्स, कर्पोरेट विकास बैंक, मल्टी प्रपोज फाइनान्स, सिन्धु विकास बैंक रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रो, युनिभर्सल पावर कम्पनी, युनियन हाइड्रो, हिमाल दोलखा हाइड्रो र लिवर्टी इनर्जीको १० प्रतिशतले शेयरमूल्य बढ्न पुग्यो ।

बजार उच्च अंकले बढ्दा एक दर्जन बढी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top