ट्रेण्डिङ

होमपेज / अर्थ

नबिल दिगो बैंकिङ र वूमन लिडरसिप फोरम बीच अन्तरक्रिया

नेपालगाथा २०७८ आश्विन ६ गते बुधबार १५:३३:४२ मा प्रकाशित

काठमाडौं । नबिल बैंक र नेपाल उद्योग परिसंघ –वूमन लिडरसिप फोरमले महिला उद्यमीहरुका लागि नबिल दिगो बैंकिङ र साना तथा मझौला कर्जा विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ। 

नेपाल उद्योग परिसंघ – वूमन लिडरसिप फोरमकी संयोजक छाया शर्मा, नेपाल उद्योग परिसंघ – वूमन लिडरसिप फोरम सदस्य आशा राणा अधिकारी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको उपस्थित रहेको कार्यक्रममा विभिन्न महिला उद्यमी तथा नेतृत्वदायी महिलाहरुको उपस्थिति थियो ।

कार्यक्रमको सुरुवात गर्दै नेपाल उद्योग परिसंघ –वूमन लिडरसिप फोरमका संयोजक छाया शर्माले नबिल बैंकको दिगो बैंकिङ तथा अन्य महिला केन्द्रित पहलहरुको प्रशंसा गरेकी थिइन्। संयूक्त राष्ट्र संघको दिगो विकासको लक्ष्यलाई सघाउन विपन्न तथा ग्रामिण वर्गलाई लक्षित गरि दिगो बैंकिङ कार्यक्रम सुरु गरेको बैंकले जनाएको छ । बैंकले यस कार्यक्रम अन्तर्गत नबिल किसान कर्जा र नबिल उद्यमशिल कर्जा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top